Logo

घरमा कोही नभएको अवस्थामा बालिकामाथि जबरजस्ती करणी



ईलाम, ९ माघ । बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ईलामको भानुपथ बस्ने २५ वर्षीय बिनयक बरईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बरईले ती बालिकालाई पुस २६ गते साँझ घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्