Logo

शिकार खेल्दा बन्दुकको छर्राले लागेर एकको मृत्यु



पाल्पा, ९ माघ । भरुवा बन्दुक सहित ३ जना शुक्रबार पक्राउ परेका छन् । रैनादेवी छहारा गाउँपालिका–४ भर्माटुङ बस्ने १७ वर्षीय किशोर समेत ३ जनालाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउने पानी सामुदायिक वनमा ४ जना ब्यक्तिहरु शिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्कन गई सोही ठाउँ बस्ने १३ वर्षीय लक्ष्मण छहारीलाई बन्दुकको छर्राले लागि मृत्यु भएको खबर शुक्रबार बिहान प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित पक्राउ गरेको जनाएको छ ।

साथै घटनास्थल देखि १० मिटर नजिकै अन्दाजी १२ केजी तौलको मृग समेत मरेको अवस्थामा प्रहरीले फेला पारेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्