Logo

पाँचऔले सहित पक्राउ



काठमाडौं, ९ माघ । प्रतिबन्धित जडीबुटी पाँचऔले सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महाराजगंजबाट ७ केजी तौलको प्रतिबन्धित वन पैदावार पाँचऔले जस्तो जडिबुटी सहित ओखलढुङ्गाका ३१ वर्षीय सागर दाहाल बुधबार पक्राउ परेका हुन् ।

प्रतिबन्धित वन पैदावर जडिबुटी अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त जडीबुटी अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा पक्राउ गरेको बताएको छ ।

दाहाललाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौमा पठाइएको उक्त ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्