Logo

प्रधानमन्त्री आली र नेपालका लागि अमेरिकी राजदूत बेरीबीच भेटघाट, राष्ट्रपति बाइडेनको प्राथमिकताका विषयमा छलफल



काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले भेटेका छन् । राजदूत बेरीले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्राथमिकताका विषयलाई लिएर प्रधानमन्त्री ओलीसंग बिहीबार भेटेका हुन् । आफूले सल्टाउन नसकेको विषयहरुमा बाइडेन सरकारले नेपाललगायत अन्य मुलुकलाई सहयोग गर्न चाहेको बेरीले छलफलमा सुनाएका थिए ।

तत्काल विश्व जगतमा जलवायू परिवर्तन, आणविक विषय र महामारीजस्ता स्वास्थ्य चूनौतीमा बाइडेन सरकारले नेपाल लगायतका अन्य मुलुकलाई सहयोग गर्न इच्छुक रहेको बेरीले बताएका थिए । छलफलको क्रममा बाइडेनको भनाइलाई उदृत गर्दै बेरीको भनाई थियो–,‘अमेरिकाको परीक्षण भएको छ । जसमा अमेरिका शक्तिशाली भएर निस्केको छ । हामी हाम्रो गठबन्धनसंगको दरारलाई कम गर्दै पुनः एकपटक विश्वसंग सकारात्मक ढंगले सहकार्य गर्नेछौँ । विगतको विषयमा केन्द्रित नभई आज र भोलीको विषयमा केन्द्रित रही सहकार्य गर्नेछौँ । विश्वमा शान्ति, विकास र सुरक्षाका निम्ती विश्वस्नीय र बलियो पार्टनरको रुपमा हामी अगाडी बढ्ने छौँ ।’ महामारीजस्तो विषम परिस्थितीमा विश्वलाई एक भई अगाडी बढ्नु पर्नेमा बाइडेनको विश्वास रहेको बेरीले प्रधानमन्त्रीसंग छलफलको क्रममा बताए । अमेरिका पुनः विश्व स्वास्थ्य संगठनको सदस्य हुने र नेपाललगायत सम्पूर्ण देशसंग अमेरिकाले नयाँ सहकार्यको सुरुवात गर्ने र सम्बन्धलाई प्रगाढ बनाउने समेत बेरीले बताए ।

बाडेनको नजरमा सर्वप्रथम जलवायु परिवर्तन मुख्य रहेको छ र यसमा नेपालको प्राथमिकता रहेको छ, जहाँ सगरमाथा छ । सगरमाथा सम्बादलाई सफल बनाउने र द्धिपक्षीय ढंगले जलवायु परिर्वतनलाई कसरी न्युनीकरण गर्ने भन्ने विषयमा केन्द्रित भइ अगाडी बढ्नु पर्नेमा राजदूत बेरीको जोड थियो । बाइडेन सरकार मानव अधिकारमा पनि केन्द्रित रही आफ्नो कार्य गर्नेछ । जहाँ महिला र बालबालिकालाई सम्मान पूर्वक उद्धार गर्ने र उनको संरक्षण गर्ने बेरीले बताएका थिए । नेपाल र अमेरिका यस विषयमा संगै सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बेरीले बताए । नेपाल सरकार र नेताहरुलाई अमेरिकी नयाँ नेतृत्वको विषयमा छलफल गर्न बेरीले सुझाएका थिए ।



प्रतिक्रिया दिनुहोस्