Logo

काठमाडौं उपत्यकामा सुरक्षा कडा



काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल पक्षधरको शक्ति प्रदर्शनलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा निकायलाई परिपत्र नै जारी गरेर सुरक्षा निगरानी बढाउन भनिएको छ ।

उपत्यकाको सुरक्षा कडा गर्ने आइजीपी देखि मेट्रोसम्ममा केही दिन अघि बैठक बसेको थियो । नेपाल प्रहरीले मुख्य सडकहरुमा सुरक्षा व्यवस्था कडा पारेको छ । उपत्यका छिर्ने नाका र मुख्य सडकमा ठुलो संख्यामा प्रहरी खटिएका छन् ।

आन्दोलन स्थल वरपर पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । विश्वस्त स्रोतका अनुसार सादा पोशाकका प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् । सशस्त्र प्रहरीबाट पनि सादा पोशाकमा खटिएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले अबको आन्दोलन शाकाहारी मात्र नहुने भनेपछि सम्भावित मुठभेडको घटना हुनसक्नेतर्फ सुरक्षा निकाय सचेत भएको बुझिएको छ । शक्ति प्रदर्शनका क्रममा घुसपैठ हुनसक्ने भन्दै सुरक्षा निगरानी बढाइएको छ ।

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्