Logo

सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि



काठमाडौं, ९ माघ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव सरिरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । दोलखास्थित गौरीशंकर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलोपटक फहराएर नयाँ कीर्तिमान कायम गरेका थिए । पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील शेर्पा दुईपटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

यसैबीच, सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । गौरीशंकर–९ का वडाध्यक्ष छिरिङ शर्पाले पनि उनको निधनप्रति दुुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे । फोक्सोमा समस्या देखिएपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना भएका शेर्पाको माघ ७ गते निधन भएको थियो । स्वर्गीय शेर्पाका श्रीमती र तीनजना छोरा छन् ।

 



प्रतिक्रिया दिनुहोस्