Logo

नयाँ भ्याक्सिन बनाउँदै अक्सफोर्डका वैज्ञानिक



एजेन्सी, ९ माघ। कोरोनाविरुद्धको भ्याक्सिन बनिसक्दा पनि कोरोनाको त्रास विश्वभर देखिन्छ । कयौँ देशहरुमा कोरोनाको नयाँ प्रकारले मानिसहरुलाई आफ्नो चपेटामा पारिरहेको छ ।

बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ प्रकार आएसँगै कयौँ देशले यसको नियन्त्रणको तयारी सुरु गरिसकेका छन् । यसैबीच अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाका वैज्ञानिकहरुले संयुक्त रुपमा नयाँ भाइरस विरुद्ध लड्नका लागि भ्याक्सिन बनाउने काम गरिरहेको जनाइएको छ ।

नयाँ र प्रभावकारी भ्याक्सिन बनाउन वैज्ञानिकहरुले तयारी थालेका छन्। अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकका अनुसार, उनीहरु भ्याक्सिनको प्रतिरोधात्मक क्षमता माथि पर्ने नयाँ कोरोना भाइरसको रुपको प्रभावको सावधानीपूर्वक आँकलन गरिरहेका छन् ।वैज्ञानिकहरुले कसरी नयाँ तरिकाबाट कोभिड–१९ भ्याक्सिनलाई छिटो बनाउन सकिन्छ भन्ने विषयमा अनुमान गरिरहेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्