Logo

ओली कम्युनिष्ट पार्टीका भगौडा हुन् : खनाल



काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूहरु संसद, संविधान र लोकतन्त्रको रक्षा गर्नको लागि आम जनता सडकमा उत्रिएको स्पष्ट पारेका छन् । दाहाल–नेपाल समूहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले ओली नेतृत्वको सरकारको प्रतिगामी कदमविरुद्ध सडकमा उत्रिएकोले अब यो प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् । आज सिंगो देशभरि सरकारविरुद्ध जनता सडकमा उत्रिएको उल्लेख गर्दै ओली विश्वाघाती भएको पुष्टि भएको उनको भनाई छ । उनले भने,‘केपी ओली भगौडा हुन । उनी कम्युनिष्ट पार्टीका भगौडा हुन् । ओलीले प्रतिगामी काम गरे ।’ Photo By : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्