Logo

नेशनल फाइनान्स र महिला सहयात्रा एकिकृत हुँदै, सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं, ९ माघ । नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था एकिकृत हुने भएको छ । यी दुई संस्थाबीच हिजो मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको जनाएको छ । सम्झौतामा नेशनल माइक्रोफाइनान्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नगरपालिकामा छ भने नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङमा रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जसले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, ११ करोड चुक्तापूँजी भएको महिला सहयात्रा लघुवित्तले विभिन्न १८ जिल्लामा सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्