Logo

मञ्जुश्री फाइनान्सले ऋणपत्र जारी गर्ने



काठमाडौं, ९ माघ । मञ्जुश्री फाइनान्सले ऋणपत्र जारी गर्ने भएको छ । फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ५ लाख इकाई ऋणपत्र बिक्रि खुल्ला गर्ने जनाएको छ । इन्स्योरेन्सले प्रतिइकाई १ हजार रुपैयाँको दरले माघ १८ गतेबाट २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

३ लाख कित्ता अर्थात ३० करोड बराबरको शेयर ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्कासन प्रक्रियाबाट बिक्रि गर्ने कम्पनीले जनाएको छ ।

८ वर्षको अवधिको लागि वार्षिक ९.५ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । यसलाई ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ नाम राखिएको छ ।

ऋणपत्रको विक्रि तथा प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । उक्त ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । आवेदकहरुले न्युनतम २५ कित्ताबाट सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्