Logo

कोरोनाबाट आज ७ जनाको मृत्यु



काठमाडौं, ९ माघ  । कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ३ सय २ थपिएका छन् । आज ४सय ८० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४८ हजार ९ सय ४८ संक्रमित भएपनि  २ लाख ६३ हजार ३ सय ४८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार ६ सय १४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख ३५ हजार ३ सय १ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या १५८ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्