Logo

कृषि विकास बैंकलाई ३२६ जना कर्मचारी आवश्यकता



काठमाडौं, ९ माघ । कृषि विकास बैंंकले ३२६ जना कर्मचारी माग गरेको छ । विभिन्न पदका लागि शुक्रबार सुचना जारी गर्दै चार तहको लागि लेखापालदेखि वरिष्ठ शाखा प्रमुखसम्मका लागि कर्मचारी माग गरेको हो ।

सुचना अनुसार बैंकले १५ पदका लागि ३२६ जना योग्य कर्मचारी माग गरेको हो । बैंकले १८९ जना खुला, ५२ महिला, ३७ आदिवासी जनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अंपाग र ७ जना पिछडिएको क्षेत्रबाट आवेदन माग गरेको जनाएको छ ।

पदअनुसार योग्यता छुट्टाइएको छ । परीक्षा दस्तुर ४ सय देखि १ हजार रुपैयाँसम्म लाग्ने र उक्त दस्तुर कनेक्ट आइपीएस, इसेवा र खल्ती एपबाट तिर्न सकिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्