Logo

‘सानिमा लार्ज क्याप फण्ड’ को आईपीओ आजबाट बिक्रि खुल्ला



काठमाडौं, ९ माघ । सानिमा म्युचुअल फण्ड अन्तर्गतको ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईको आईपीओे सार्वजनिक निष्कासन तथा बिक्रि आजबाट खुल्ला भएको छ ।

१० रुपैयाँको दरले १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई संघ संस्था तथा सर्वसाधारणको लागि निष्कासन तथा बिक्रि खुला गरेको सानिमा फण्डले जनाएको छ ।

फण्डले इकाई कोष प्रबन्धकमा सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । उक्त इकाईलाई माघ १३ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा संचालित मेरो शेयर अनलाईन प्रणालीमार्फत आवेदन दिन सक्ने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्