Logo

गृह मन्त्रालयमा केपीले जे भन्यो त्यही मान्ने मान्छे छः प्रचण्ड



काठमाडौं, ९ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओलीले जे भन्यो त्यही मान्ने भएको भन्दै आलोचना गरेका छन् ।

शुक्रबार रत्नपार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली र गृहमन्त्री बादलका कारण जनयुद्धका घाइते तथा अपांगको भत्ता खोसिएको बताएका हुन् ।

भत्ता खोसिएपछि आफुले त्यसबारे ध्यानाकर्षण गरेको उनको भनाई थियो । तर, गृह मन्त्रालयले त्यसमा चासो नदिएको उनको भनाई छ । ‘गृहमा केपीले जे भन्यो त्यही मान्ने मान्छे छ,’ उनले भने,‘अहिले मैले जनयुद्धका घाइतेलाई हेरेन भन्ने आरोप लगाइएको छ ।’

ओलीको पक्षमा गएका पूर्व माओवादी नेताहरुलाई प्रचण्डले भगौडाको संज्ञा समेत दिएका छन् ।-दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्