Logo

कंगना रनौटको ट्विटर अकाउन्ट बन्द



एजेन्सी, ९ माघ । बलिउड कलाकार कंगना रनौट सामाजिक संजालमा निकै सक्रिय छिन् । आफ्ना हरेक भावना संजालमार्फत अभिव्यक्त गर्थिन् । बुधबार उनको ट्विट अकाउन्टमा केही समयको लागि प्रतिबन्ध लागेको छ । ट्विटरमा प्रतिबन्द लगाएपछि उनी भट्किएकी छन् ।

कंगनाले ट्विटमार्फत ट्विटरका सीईओ जैक डोर्सेमाथि आक्रोस पोखेकी छिन् । उनले लेखेकी छिन्, ‘लिबरल मानिसहरुले आफ्नो काका जैकसँग गएर रोएपछि मेरो अकाउन्टमाथि केही समयको लागि प्रतिबन्ध गरियो ।’

उनले आफुलाई धम्काईरहेको पनि बताएकी छिन् । उनले लेखेकी छिन्, ‘मेरो अकाउन्ट/भर्चुअल पहिचान कुनै पनि समयमा देशको लागि शहीद हुन सक्छ । तर मेरो रीलोडेड देशभक्त वर्जन फिल्मको माध्यमबाट फिर्ता हुनेछ । म तिमीलाई बाच्न दिनेछु ।’

कंगनाले हालैमात्र एक नयाँ फिल्मको घोषणा गरेकी छिन् । घोषणा भएको फिल्मको नाम ‘मर्णिकर्णिका रिटन्सः द लीजेड अफ दिद्दा’ हो । यसको साथै कंगनाले तेजस, धाकड, थलाइली जस्ता फिल्ममा पछिल्लो समयमा अभिनय गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्