Logo

प्रताप र समिक्षाको गीत ‘माया कति सम्झनि’ गीतमा पल र मोनिकाको अभिनय (भिडिओसहित)



काठमाडौं, ९ माघ । अहिलेका चलेका गायक/गायिका प्रताप दास र समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘माया कति सम्झिने’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडिओमा नायक/मोडेल पल शाह र मोडेल मोनिका बुढाथोकीको अभिनय रहेको छ । दिनेश थपलियाको शब्द, रचना रहेको गीतमा संगति भने दीपक शर्माको छ । उक्त गीतको भिडिओ आजमात्रै ‘गज्जब टिभी’ नामक युट्युबमार्फत सार्वजनिक गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्