Logo

प्रचण्ड र माधव नेपालले आफ्नो र परिवारबाहेक अरुबारे कहिल्यै सोच्दैनन् : प्रधानमन्त्री ओली



काठमाडौं, ९ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओलीले कुनैपनि हालतमा संसद पूनःस्थापना नहुने स्पष्ट पारेका छन् । संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए । संविधानतः संसद पूनस्थपना नहुने उनको भनाई थियो । आज (शुक्रबार) पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपालले आफ्नो र परिवारको बाहेक अरुको बारेमा कहिल्यै नसोचेको पनि आरोप लगाए ।

ओलीले दाहाल-नेपालको आजको शक्ति प्रदर्शनलाई खुट्टी देखेरै पत्याईयो भन्ने टिप्पणी गरेका थिए । उनले शक्ति भनेको के हो ? भनेर आफूहरुले देखाउने पनि सुनाए । उनले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं । खुट्टी देखेरै पत्याइयो । उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्