Logo

एनआरएनए विशेष महाधिवेशन हुँदै



काठमाडौं, माघ १० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि हुने भएको छ। संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष महाधिवेशन हुन लागेको गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले बताए।

विश्वव्यापीरूपमा फैलिएको कोभिड— १९ को प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक सो अधिवेशन भर्चुअल (जुम) मार्फत हुन लागेको छ। शनिबार बिहानदेखि दुई दिनसम्म चल्ने सो अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नेछन्।

अधिवेशनमा ५० भन्दा बढी देशका २ हजार ६ सय जना प्रतिनिधि सहभागी हुने संघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्