Logo

आगलागीबाट सिरम इन्स्टिच्युटलाई हजार करोड भन्दा बढीको क्षति



एजेन्सी, १० माघ : सिरम इन्स्टिच्युट अफ इन्डियामा बिहीबार लागेको आगलागीका कारण करिब एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।

आगलागीबाट एक हजार करोडभन्दा बढीको क्षति भएको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिृकत(सीईओ) अदार पुनावालाले दिएका हुन् । आगलागीका कारण कोरोना भाइरसविरुद्धको खोप आपूर्तिमा कुनै असर नपर्ने समेत उनले बताए।

आगलागीमा कम्पनीमा कार्यरत ५ जना कर्मचारीको मृत्यु भएको थियो । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सायरस पुनावालाले आगलागीमा परी मृत्यु भएका ५ जनाको परिवारलाई २५ लाख रुपैयाँ सहयोगस्वरुप उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्