Logo

रमेशनाथ पाण्डेको दाबी : नेपालका नेताहरु प्रजातन्त्रका लागि अयोग्य ठहरिए (भिडिओसहित)



काठमाडौं, १० माघ । पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालमा पहिलोपटक संसद विघटन नभएको सुनाउँदै संसद विघटन हुनुको कारण दलभित्रको विवाद नै मुख्य रहेको स्पष्ट पारेका छन् । प्रत्येक पटकको नेपालको संसद विघटन हुनु भनेको प्रजातन्त्रमा काल पल्किएको पनि उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका नेताहरु प्रजातन्त्रको लागि अयोग्य ठहरिएको कडा टिप्पणी गरेका छन् । उनले भने,‘नेपाली जनता नेपालका नेतृत्वबाट ठगिएका छन् । देशलाई नेताहरुले असफल तुल्याएका छन् ।’



प्रतिक्रिया दिनुहोस्