Logo

लालु यादवको अवस्था चिन्ताजनक, एयरएम्बुलेन्सबाट दिल्ली लगिने



एजेन्सी, १० माघ । विहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवको स्वास्थ्य झन् बिग्रिएको छ । उनलाई राँची अस्पतालबाट दिल्लीस्थित एम्समा लगिने भएको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार उनलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । दुई दिन देखि लालुको स्वासप्रश्वासमा समस्या आएको छ ।

लालुलाई एयर एम्बुलेन्सबाट दिल्लीस्थित एम्स अस्पताल लाने तयारी भएको हो । उनलाई बिहिबारबाट स्वास्थ्यमा समस्या बढेको थियो ।

चारा घोटाला काण्डमा लालु राँचीस्थित जेलमा सजाय भागिरहेका छन् । स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।-फाइल तस्बिर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्