Logo

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग प्रधानमन्त्री ओलीको अन्तरक्रिया, के भने ?



काठमाडौं, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग भेटघाटका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उनीहरुले पुर्याएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको सनुाएका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भेटवार्ताबारे जानकारी दिँदै सामाजिक सञ्जाल फेशुबकमा लेखेका छन्,–” पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आयाेजित भेटघाटका क्रममा सम्बाेधन गर्दै भन्नुभएकाे छ-“जनयुद्धको अवधिमा तपाईंहरूकाे याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाकाे दुरूपयाेग ग-याे । याे तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयाे, याे एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहाेस, हामी राजनीतिक रूपमा समस्याकाे वास्तविक समाधान गर्छाैं । नेतृत्वबाट विगतमा जस्ताे धाेका पाउनुहुने छैन ।” Photo & Texts Source: PM’s Press Advisor



प्रतिक्रिया दिनुहोस्