Logo

आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं, माघ ११ । देशमा पश्चिमी वायुको केही प्रभाव रहेकोले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

जल तथा सम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । त्यस्तै, पश्चिमी तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदुरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, रातीसम्म सुदुरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ।

सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भाना देखिएको छ । उच्च हिमाली भु-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्