Logo

सुनको मुल्य निरन्तर घट्दै



काठमाडौं, ११ माघ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । आइतबार ३ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनको मुल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । शुक्रबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदी तोलामा १५ रुपैयाँले घटेर आइतबार १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्