Logo

महालक्ष्मी लाइफको साधारणसभा फागुन ३ मा



काठमाडौं, ११ माघ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको तेस्रो साधारण सभा फागुन ३ गते हुने भएको छ । कम्पनीको होटल रयाडिसनमा सभा हुने भएको हो । सभाले कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन र आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

आर्थिक वर्ष २०७५÷७६ को प्रतिवेदनमाथि छलफल, आय व्यय हिसाब, नाफा नोक्सान, उक्त समयको नगद प्रवाह विवरण पनि स्वीकृत गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्