Logo

३० वर्ष कान्छी ज्याङमुसँग शेरधन राईको विवाह



काठमाडौं, ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज विवाह गरेका छन् । आज काठमाडौंमा ज्याङ्मु शेर्पासँग उनले परम्पारगत संस्कार अनुसार विवाह गरेका हुन् ।

राई ५० वर्ष पुगेका छन् भने शेर्पा २० वर्षकी भइन् । उनी सन् २०१८ कि मिस मंगोल हुन् । राई र शेर्पा दुवै संस्कार अनुसार उनीहरुले विवाह गरेका हुन् ।
विवाह समारोहमा देशका भीआइपीहरु पुगेका छन् । यो विवाहलाई निकै चासोका साथ हेरिएको छ ।

मुख्यमन्त्री राईकी दुलही शेर्पा ११ वर्षकै उमेरमा मिस किड क्विन नेपालमा भाग लिएकी थिइन् । त्यसपछि उनले विभिन्न सुन्दरी प्रतियोगितामा भाग लिइन् ।

संखुवासभा स्थायी घर भएकी शेर्पा काठमाडौंमा बस्दै आएकी थिइन् । उनी मोडलिङ र म्युजिक भिडियोमा पनि सक्रिय छिन् ।

तस्बिर स्रोतः ध्रुव सुवेदी



प्रतिक्रिया दिनुहोस्