Logo

श्रीकृष्णले बासुरी कहिले बजाउन सिके र कहिले छाडे ?



ढोल, मृदंग, झाझ, मंजीरा, ढप र एकतारामा सबैभन्दा प्रिय बासबाट बनेको बासुरी भगवान श्रीकृष्णको अतिप्रिय हो । वंसी, वेणु र मुरली पनि उनका प्रिय मानिन्छन् । बासुरीबाट निस्कने धुनले मन मस्तिष्कलाई शान्ति प्रदान गर्दछ । जुन घरमा बासुरी राखिएको हुन्छ उक्त घरका सदस्यबीच आत्मियता बढी हुन्छ र सुख समृद्धि पनि रहन्छ । आज हामी कृष्णले कहिले बासुरी बजाउन सुरु गरे र कहिले छाडे त्यसको बारेमा चर्चा गर्छौ ।

धनवा नामका एक व्यक्तिले बंसी बेच्ने गर्थे । उनले नै श्रीकृष्णलाई बासुरी दिएका थिए । कृष्णले बासुरी बजाउदा बंसीवाला निकै मन्त्रमुग्ध हुने गर्थे । त्यही समयपछि कृष्णले बासुरी बजाउन थाले । उनले बासुरी बजाए पछि गोपिनीहरु र गोकुल मन्त्रमुग्ध हुने गर्थ्यो । कृष्णले पहिलोपटक बासुरी बजाउदा सुन्ने मानिसहरुले जन्म भन्दा पहिले देखि नै सिकेको अनुमान गर्थे ।

११ वर्षको उमेरमा कृष्ण मथुरा गएका थिए । उनले मामा कंशको हत्या गरेर मगध तथा भारतको सबैभन्दा शक्तिशाली सम्राट कृष्णका दुश्मन भएका थिए । कंस उनका ज्वाई थिए । श्रीकृष्णले राधा र अन्य गोपिनीहरुलाई छाडेर जादै थिए । उक्त समयमा वातावरणमा शुन्यता छाएको थियो । गोपिनीहरु एकाएका निराश भएका थिए । कृष्णले राधालाई जानु अगाडी बासुरी बजाएर प्रस्तुती दिएका थिए । राधाले पनि कृष्णको शिरमा मयुरको प्वांख बाधिदिएकी थिइन् ।

श्रीकृष्ण मथुरा गएपछि राधा र कृष्णको मिलन भएन । उधवले श्रीकृष्णको सन्देश लिएर गएका थिए । यसपछि राधा र श्रीकृष्णको भेट द्वारिकामा भएको थियो । सबै काम कर्तव्य छाडेर राधा कृष्णलाई भेट्न अन्तिम पटक गएकी थिइन् । जब उनी द्वारिका कृष्णलाई भेट्न पुगिन तब उनले कृष्णका ८ पत्नी देखिन् । जब कृष्णले राधालाई देखे तब कृष्ण धेरै प्रसन्न भए । राधाको अनुुरोधमा कृष्णले राधालाई आफ्नै महलमा एक देविकाको पदमा नियुक्त गरे ।

राधाले महलमा भएका सबै कार्य हेर्ने गर्थिन् र अवसर मिलेमा कृष्णको दर्शन गर्थिन् । एक दिन उदास भएर राधा महलबाट टाढा जाने निर्णयमा पुगिन् । उनी एक जंगलको गाउँमा बस्न थालिन् । विस्तारै–विस्तारै समय बित्यो र राधा बिल्कुल एक्लै कमजोर हुँदै गईन् ।

उक्त समयमा कृष्णलाई राधाको सम्झना आयो । अन्तिम समयमा श्रीकृष्ण उनी भएको जंगलमा पुगे । कृष्णले राधालाई केही माग्न भने तर राधाले अस्विकार गरिन् । कृष्णले फेरी पनि अन्ुरोध गरेपछि राधाले अन्तिमपटक बासुरी बजाएको सुन्न र हेर्न चाहेको बाताइन् । श्रीकृष्णले बासुरी सुरिलो धुनमा बजाउन सुरु गरे । कृष्णले रात दिन बासुरी बजाइरहे र उक्त धुनसँगै राधाले आफ्नो शरीरलाई त्याग गरिन् । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्