Logo

विवाह नै गोप्य राखेका गायक दुर्गेशले पुत्रलाभको तस्बिर राखेपछि…



काठमाडौं, ११ माघ । गायक दुर्गेश थापा विवाहित रहेको कमैलाई थाहा थियो । उनले विवाहित रहेको खुलासा गरेका थिएनन् । तर, उनले अचानक आज पुत्रलाभको जानकारी गराएर सबैलाई छक्क पारेका छन् ।

दुर्गेशले फेसबुकमा नवजात शिशु बोकेको तस्बिर सार्वजनिक गरेका छन् । उनले प्राची लामा र आफूबाट पुत्र जन्मिएको खुलाएका हुन् ।

प्राचीसँग उनको एक वर्ष अघि अन्र्तजातीय विवाह भएको थियो । यसलाई उनले खुलाएका थिएनन् । तर, बच्चा जन्मिएसँगै उनले खुशी बाँडेका छन् ।

नयाँ पीढीबीच दुर्गेश चर्चित छन् । विगत केही महिनायता उनले गाएको गीत चर्चामा छन् ।

 



प्रतिक्रिया दिनुहोस्