Logo

दाहाल-नेपाल पक्षको आन्दोलन विल्कुलै गलत हो : डा. सुन्दरमणि दिक्षित (भिडिओसहित)



नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले संसद विघटनबारे तपाईँ कता ? भन्ने प्रश्नमा आफू सर्वोच्च अदालतको निर्णय जे आउँछ त्यसकै पक्षमा भन्ने जवाफ दिए । उनले अहिले आन्दोलन गर्ने समय नभएको बताउँदै संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुगिसकेकोले अब उसको भर्डिक्ट नै महत्वपूर्ण हुने बताउँदै सबैले त्यसलाई मानेर अघि बढ्नुपर्ने सुझाव दिए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ पत्रकार धमलाले डा. दिक्षितसँग गरेको कुराकानीको सम्पादित अंश ः

अब तपाईँहरु आन्दोलनमा कि संसद् पुनर्स्थापनाको पक्षमा कि चुनाव को पक्ष मा ?

म त सुिप्रम कोर्टको घडीको पक्षेमा ।

त्यसोभए संसद् पुनर्स्थापना हुदैन भन्ने तपाँइको निश्कर्ष हो निर्वाचनमा जानु पर्छ ?

त्यो होइन । सुिप्रम कोर्टको भर्डिक्ट इण्डिपेन्डेन्ट भर्डिक्ट आउनुपर्छ । त्यो सुिप्रम कोर्टको भर्डिक्ट इण्डिपेन्डेन्ट भर्डिक्ट लोकतन्त्रको लागी सबैभन्दा ठुलो सुिप्रम कोर्टको नै हुन्छ । सुिप्रम कोर्टले जे डिसिजन दिन्छ,ँ त्यसलाई हामीले मान्नुपर्छ । त्यो मानेपछि मात्रै लोकतन्त्र हुन्छ, त्यो नमानेमा अराजकतन्त्र हुन्छ । यो हामी सबैले बुझे हुन्छ । सडक तताउँदैमा सुिप्रम कोर्टलाई प्रभाबमा पारेर आफनो पक्षमा ल्याउने कुरा विल्कुल अलोकतान्त्रिक हुन्छ । अहिले जे भईराखेको छ यो गलत भइराखेको छ । हामी लोकतन्त्रमाथि विस्वास गर्नेहरु सुप्रिम कोर्टको भर्डिक्ट पर्खिनैपर्छ । अहिले जथाभावी शंका/उपशंका गर्ने काम छैन । सुप्रिम कोर्टको निर्णय आउन दिउँ, त्यसपछि कोर्टले जे भन्छ त्यही गर्ने ।

त्यसो भए प्रचण्ड र माधवकुमार नेपाल समूहले त आन्दोलन गरिरहेको छ नि, तपाईँ कता अुनुहुन्छ ? पक्षमा कि विपक्षमा ?

दाहाल नेपाल पक्षको आन्दोलन विल्कुलै गलत हो । यो कोरोनाको समयमा के थाहा छ अहिले भने हाल सालमा अहिले न्यूट्रेशस गरेको कोरोना छ नि बेलायतबाट आएको, नेपालमा पनि भित्रिसकेको छ । अस्तिसम्म के भने यो फैलिन त भयंकर फैलिनसक्छ भनिएको थियो, तर कडा छैन भनिएको थियो । तर, हिजोको रिपोर्टबाट के आयो भने यो पहिलेको भन्दा कडा रहेछ भन्ने आइसक्यो । यस्तो अवस्थामा नेताहरुले जनताको स्वास्थ्यमा खेलवाड गर्न पाईन्छ ? सामाजिकद दूरी छैन, माक्स छैन, ठुलो–ठुलो बन्द कोठामा भेला गरिरहेका छन । जथाभावी मान्छे राखेर यिनीहरुलाई जनताको अलिकति पनि स्वास्थ्यमा मतलब छैन क्या हो ? यो त अचम्म भयो कोरोना भनेर हामी जनता तर्सेर बसेका छौ । यिनीहरुले कस्तो गरे भनेपछि कोरोनाबाट मार्ने कि पोलिटिक्सबाट मार्ने ? पो गर्न थाले । गर्नै नहुने काम अहिले भइराखेका छन ।

त्यसो भए आन्दोलन आजको आवश्यकता होइन भन्ने तपाईँको निश्कर्ष हो ?

कम्प्लिट्ली होइन् । सुप्रिम कोर्टमा तपाईँ गैसकेपछि माधव–प्रचण्ड गुटले १३, १४ वटा रिट त हालिसके । सुप्रिम कोर्टमा रिट हालिसकेपछि सुप्रिम कोर्टको विश्वास छैन भने निकाल्देउ त सुप्रिम कार्टलाई, हटाइदिउँ सुुप्रिम कोर्ट, किन चाहियो ? अर्को कुरा लोकतन्त्रमा सुप्रिम कोर्ट भनेको सुप्रिम हुन्छ । त्यहाँ विश्वास गरेर तपाईँहरु पुगिसक्नुभयो । सुप्रिम कोर्टमा त्यो मान्नैपर्छ । उता पट्टी त्यो पनि गरिएन यता सुप्रिम कोर्टले उल्टो डिसिजन गर्यो भने हामी सडकबाट संसद् व्यँुताउँछौं भन्ने यो कहाँबाट कुरा आउँछ ? मलाई भन्नुहोस् त कस्तो कुरा हो ? यो बाटो खोली सक्नुभयो, सुप्रिम कोर्टमा गहिसक्नुभयो, अलिकति धैर्यता त गरौं बाबै नेताहरु कति हतार परेको यिनीहरुलाई, नेता बन्न वा प्रधानमन्त्री बन्न यो त यही हो हाम्रो नेपालमा दुरदर्शा ।

तर, नेताहरुको भनाई छ नि डा. साहेव अहिलेको अबस्थामा प्रधानमन्त्रीले व्यवस्थथामाथि नै आक्रमण गर्नुभयो, संसद् विघटन संविधानसम्मत् भएन र संसद् विघटन असंवैधानिक भयो भनेर ? तपाईँले कसरी लिनुभएको छ ?

लोकतन्त्रमा यो जुन भएको छ, यो ओलीजीको लोकतन्त्रभित्रको कू नै हो । ज्ञानेन्द्रले गरेको लोकतन्त्र बाहिरको कू थियो । त्यतिवेला हामी सबै सडकमा उत्रिएका थियौं । ओलीले लाकतन्त्रभित्र कू गरेको छ तर कु गरे पछि यिनीहरु त सुप्रिम कोर्टमा गैसके । ओके, अब सुप्रिम कोर्टले व्याख्या गर्ने बेला आएको छ । किनभने सुप्रिम कोर्टको काम नै व्याख्या गर्ने हो । लोकतन्त्रमा संसद्मा भएको खिचातानीलाई पनि उसले व्याख्या गर्छ । त्यसैले लोकतन्त्रको सुप्रिम भनेकै सुप्रिम कोर्ट हो, अब ओलीको काम अथवा कदम ठिक छ की बेठीक छ भनेर सुप्रिम कोर्टले त्यही किसिमले डिसिजन गर्छ । हामिले त्यसलाई मान्नुपर्छ । यतापनि गर्नेरे उतापनि गर्ने रे, यसोभए हामी मान्ने रे, उसोभए हामी नमान्ने रे ? दबाब दिने घुर्कि लाउने यो पनि कहीँको चलन हो ? प्रधानमन्त्री भएका नेताहरुको यस्तो पनि चाल हो ? अहिले कोरोनाको बेलामा जनतालाई किन जोखिममा पारेका यिनीहरुले ? यो त गर्नै नहुने काम गरिरहेका छन । यो त विल्कुलै गलत हो । जनताको स्वास्थ्यमाथि खेलवाड भएको छ । यसबाट कोरोना भयंकर फैलिन सक्छ । नयाँ कोरोना आइसकेको छ, यसबाट अहिलेको इन्फर्मेसन अनुसार झनै खतरनाक भएर आइसकेको छ । हुन त भ्याक्सिन त आएको छ । तर, यो भ्याक्सिनले हामीलाई केहीपनि गर्दैन् । अलिकति बचाउ मात्रै गर्छ ।

होईन, अहिलेको अवस्थामा संसद् स्थापना कि संसद् पूनःस्थापना भन्नेबारेमा जनतामा बहस भइराखेको छ, तपाईँ प्रधानमन्त्रीको कदमलाई स्विकार गर्नुहुन्छ वा विरोध ?

होईन भनेकै छैन । त्यो कुरा विल्कुलै अलोकतान्त्रिक कुरा छ । यो लोकतन्त्रभित्रको कू त मैले भनिसकें नि । लोकतन्त्रको कू नै भएको ।

लोकतन्त्रमाथिको कू भनिरहँदाखेरि तपाईँ कहाँ हुनुहुन्छ आजको दिनमा ? तपाईँ सडकमा आउनु भएन नि ? नागरिक समाज आइसक्यो नि ? कृष्ण पहाडी आइसक्नुभयो नि ?

म डक्टर मान्छेले जनताको स्वास्थ्यमा खेलवाड गरौं ? म जनतालाई आउ आउ कोरोना फैलाउँ भनौं ? मान्छे मर्न देउ भनँु ? के म बेकुव छु भन्या ? अलिकति त मेरो पनि दायित्व छ यो समाजको निम्ति, मुलुकको स्वास्थ्यको निम्ति । त्यसपछि म भन्छु ओलीले गरेको अलोकतान्त्रिक कुरा हो । सुप्रिम कोर्टमा पुगेपछि त्यो व्याख्या गर्ने काम सुप्रिम कोर्टको हो । कि त यिनी नेताहरुले सुप्रिम कोर्टमा नगइकन आन्दोलन चर्काएको भए एउटा कुरा हुन्थ्यो, कि त आजको दिनमा कोरोनालाई विचार गर्नुपर्दथ्यो । तर, कारोनाको विचार पनि नगर्ने, सामाजिक दूरी छैन, उल्टै फैलिन दिने कोरोनालाई । सुप्रिम कोर्टमा जाने उसको भर्डिक्ट पनि नपर्खिने ? यो कस्तो कुरा हो दुई जिब्रे कुरा भएन यो ? विल्कुल गलत भइराखेको छ । ओलीको कदम पनि गलत हो, यिनीहरुको कदम पनि झन गलत हो ।

त्यसोभए माधव नेपाल र प्रचण्ड पक्षले गरेको कदम गलत हो ? उनीहरुको आन्दोलनमा तपाईँको सहभागिता हुँदैन् ?

कसरी हुन्छ ? म उनीहरुको आन्दोलनमा गएकै छैन् । जाने पनि छैन् । ओलीले गरेपनि म जान्नँ । यीनले गरेपनि म जान्न्ँ । जनतालाई कोरोनाबाट मैले बचाउनु छ । पोलिटिक्स बरु आउन÷जान सक्छ, कोरोनाबाट मरेको मान्छेलाई म ब्युँझाउने सक्दिन् । पोलिटिक्स ब्यँुझिन्छ । ज्ञानेन्द्रको कू पछि पनि पोलिटिक्स ब्युँझिएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्