Logo

एमबिबिएसको शुल्क वृद्धि खारेज गर्न नेबिसंघको माग



काठमाडौं, माघ १२ । चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाएको बिषय प्रति नेपाल विद्यार्थी संघले गम्भीर आप्पत्ती जनाएको छ । प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाउने गरि गरेको उक्त आपत्तिजनक निर्णयको नेबिसंघले घोर भर्त्सनासमेत गरेको छ ।

नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बिज्ञप्ति जारि गर्दै चिकित्सा शिक्षा सुधारका निम्ति पटक पटक भएका आन्दोलन, विभिन्न समयका सहमति र सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरीतगत वर्षसम्म एमबीबीएसको शुल्क ४० लाख २३ हजार २५० रुपैयाँ रहेकोमा हालको शैक्षिक सत्र २०७७/०७८ मा चिकित्सा शिक्षा आयोगले सो शुल्क आठ लाख बढाएर ४८ लाख पुर्‍याउनु सरकारको विद्यार्थी र अभिभावक माथी चरम शोषण गर्ने नियत बाट ग्रसित भएको बताएका छन ।

प्रधानमन्त्री अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरि पुरानै शुल्क कायम गर्न महामन्त्री तिमल्सिनाले नेपाल सरकारसँग माग गरेका छन ।



प्रतिक्रिया दिनुहोस्