Logo

माघ २३ गतेको जनसभामा लाखौंको उपस्थिति हुने ओली पक्षको दाबी, निर्वाचन आयोगको निर्णय सकारात्मक : ईश्वर पोखरेल



काठमाडौं, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले यही माघ २३ गते जनसभा गर्ने भएको छ । र, त्यसको तयारीको लागि एक हजार एक सय १ जनाको समिति समेत बनाएको जानकारी गराएको हो । आज (सोमबार) पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गरेर उपप्रधानमन्त्री ईश्वर पोखरेलले यस्तो जानकारी दिएका हुन् । समितिको नेतृत्व भने सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका छन् ।

सम्बोधनको क्रममा उपप्रधानमन्त्री पोखरेले निर्वाचन आयोगले हिजो साँझ गरेको निर्णयलाई आफूहरुले सकारात्मक रुपमा लिएको पनि बताए । उनले भने,‘ओलीले नेतृत्वको नेकपाले राखेको अडान सही छ भन्ने प्रमाणित भयो । नेकपालाई चाहेर पनि कसैले फुटाउन सक्दैन भन्ने पुष्टि भएको छ, प्रचण्ड र माधव नेपालहरुले जे–जे गर्न खोज्नुभएको थियो त्यो गलत थियो भन्ने प्रष्ट भयो ।’

ओली समूहका बागमती प्रदेश कमिटी अध्यक्ष तथा पूर्व मन्त्री आनन्द प्रसाद पोखरेलले जनसभामा लाखौंको उपस्थिति हुने जनाउँदै बाग्मती प्रदेशअन्तर्गत १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्लासमेत गरी १७ जिल्ला कमिटीलाई निर्देशन दिइएको स्पष्ट पारे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्