Logo

अबदेखि यी फाइनान्सबाट पनि ठुला रकम ट्रान्सफर गर्न सकिने



काठमाडौं, १२ माघ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले जारी गरेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आवद्व गराएको छ । राष्ट्र बैंक आरटीजीएस प्रणालीलाई विस्तार गर्ने क्रममा छ ।

पछिल्लो समयमा आरटीजीएस प्रणालीमा थपिनेमा लुम्बिनी विकास बैंक, आएसीएफसी फाइनान्स, कामना सेवा, गरिमा विकास, मुक्तिनाथ विकास, महालक्ष्मी विकास, ज्योति विकास लगायत मञ्जुश्री फाइनान्स रहेका छन् । यस अघि दुई दर्जन भन्दा वाणिज्य बैकहरुमा कनेक्ट आरटीजीएस प्रणाली संचालनमा आएको छ ।

ग्राहकहरुले आरटीजीएस प्रणालीबाट आफ्नो बैंक तथा वित्तीय संस्थाबाट फाराम भरेर उक्त सेवा लिन सक्छन् । यो नयाँ प्रणालीबाट ठुलो मुल्यका र तत्काल गर्ने भुक्तानीहरु अब विकास बैंक (अन्तरबैंक) र वित्त कम्पनीहरुबीच भुक्तानी गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्