Logo

वरुण धवनको विवाहमा कडा सुरक्षा र सिसीटीवीको निगरानी



एजेन्सी, १२ माघ । बलिउड अभिनेता वरुण धवन पछिल्लो समयमा विवाहको कारण चर्चामा छन् । उनले नताशा दलालसँग २४ जनवरीमा विवाह गर्दैछन् । वैवाहिक कार्यक्रमको सरुवात २३ जनवरी संगीतबाट हुने भएको छ । वरुणको विवाहलाई मध्य नजर गरेर सुरक्षा व्यवस्था कडा पार्ने बताइएको छ ।

समाचार अनुसार वरुणको वैवाहिक उत्सासलाई ध्यानमा राखेर धवन परिवारले विवाह समारोहमा सुरक्षामा धेरै ध्यान दिएको हो । धवन परिवारले सुरक्षा व्यवस्थासँगै सिसीटिवीको सख्या पनि निकै बृद्धि गर्ने भएको छ ।

वैवाहिक कार्यक्रमका तस्वीर बाहिरबाट लिन नसकुन भनेर ठुलो फ्लेक्स बोेर्ड राखिएको छ । वरुण र नताशाको विवाहमा ५० जना मानिसहरुलाई निम्ता दिइएको छ । सलमान खान, करण जौहर, कटरीना कैफ, जैकलीन फर्नाडिज र शाहरुख खान जस्ता बलिउडका कलाकारहरु वरुण–नताशाको विवाहमा पुग्नेछन् । उनीहरुको विवाह अलीबागस्थित ‘द मेंशन हाउस’ मा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्