Logo

यी अभिनेत्रीको कारण इमरान खान र अवंतिका मलिक अलग हुँदै



एजेन्सी, १२ माघ । बलिउड अभिनेता इमरान खान पछिल्लो समयमा आफ्नो व्यक्तिगत जीवनको कारण चर्चामा छन् । इमरान खानले उनकी श्रमिती अवंतिका मलिकसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन् । उनीहरु धेरै पहिलेदखि छुट्टाछुट्टै बस्दै आएका थिए ।

हालसम्म उनीहरु अलग हुने कारण लुकाईएको थियो तर अब भने कारण बाहिर आएको छ । एक रिपोर्ट अनुसार इमरानले करियरलाई लिएर झगडा हुने गरेको बताउदै आएका थिए । पछिल्लो समयमा भने उनीहरु अलग्गिनुको कारण बदलिएको छ । वैवाहिक सम्बन्ध बिग्रनुको कारण बनेर एक युवतीको इमरानको जीवनमा प्रवेश भएको समाचार आएको छ ।

इमरान खान अहिले अभिनेत्री लेखासँग वाशिंगटनमा डेट गरिरहेका छन् । पछिल्लो समयमा इमरान खान र लेखासँगै देखेको बलिउड हंगामाले जनाएको छ । लेखको पति पैबलो चटर्जी र इमरान नजिकका साथी थिए, तर लेखा र इमरानबीच अफेयर चलेको हो ।

रिपोर्ट अनुसार इमरान खानकी श्रीमती अवंतिका घरबाट गएसँगै उनी लेखासँग नजिक भएका थिए । हाल लेखाको विवाह पनि टुट्ने अवस्थामा छ । यी दुईजनाको अफेयरको कारण दुवै परिवारबीच तनाब उत्पन्न भएको छ ।

आफ्नी प्रेमिकासँग भेट्नलाई अभिनेताले आफ्नो घर नजिक एक घर भाडाँमा लिएका समाचार एजेन्सीले जनाएको छ । छिमेकीले पनि कयौपटक लेखा उक्त भवनमा आएको बताएका छन् । उक्त भवन इमरानको घर बान्द्राबाट नजिक छ । उनले आफ्नो सम्बन्ध घोषणा गर्नलाई पत्नीसँग सम्बन्ध विच्छेद गर्ने लागेका छन् ।

२०११ मा अंवतिकासँग इमरानको विवाह भएको थियो । उनीहरुको एक छोरी पनि छिन् ।



प्रतिक्रिया दिनुहोस्