Logo

‘बच्चन पांडे’ मा अक्षय कुमारको यस्तो डरलाग्दो लुक



एजेन्सी, १२ माघ । बलिउड अभिनेता अक्षय कुमार लकडाउन पछि फिल्मको शुटिङमा व्यस्त छन् । उनी पछिल्लो समय बच्चन पांडे फिल्मको सुटिङमा व्यस्त थिए । अक्षयले यो फिल्मको रिलिज मिती र आफ्नो लुक पनि शेयर गरेका छन् ।

उनले फस्ट लुक शेयर गर्दै लेखेका छन्, ‘एक झलक नै काफी हुन्छ । बच्चन पांडे २६ जनवरी २०२२ मा रिलिज हुनेछ ।’ उनले शेयर गरेको लुकमा अक्षयको एक आँखा निलो र एक कालो देखिएको छ । रिसाएको एक्सप्रेशनमा उनले ब्राउन कलरको शर्ट र टाउकोमा सोही कलरको कपडा बाधेका छन् । गलामा सिक्रि र माला लगाएका छन् ।

अक्षय कुमार स्टारर यस फिल्ममा कृति सेनन लीड रोलमा देखिने छन् । फिल्ममा पहिलो पटक अक्षय कुमार, अरशद वारसीको साथमा स्क्रीन स्पेस शेयर गदैृछन् । साजिद नाडियालवालाले प्रोड्युस गरेको यस फिल्ममा जैकलीन फर्नाडिसको पनि मुख्य अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्