Logo

विश्व रेकर्ड तोड्दै १४३ भू उपग्रह पृथ्वीबाट पठाइयो



एजेन्सी, १२ माघ । जनवरी ८ मा स्पेस एक्सको भारत प्रवेश पश्चात आइतबार स्पेस एक्सले आफ्नो १४३ वटा सेटलाईट एकैसाथ स्पेसमा पठाएर नयाँ स्पेस रेकर्ड कायम गरेको छ । केही समयको अन्तरालमा एक पछि अर्को गरी १४३ वटा सेटलाइटको उडानलाई सफल बनाउँदै रेकर्ड राखेको हो ।

सन् २०१७ को फ्रेबुअरीमा भारते एक साथ १०७ वटा सेटलाइट पठाउने रेकर्ड कायम गरेको थियो । उक्त रेकर्डलाई स्पेस एक्सले ताडेको छ । स्पेस एक्सको फलकन ९ ले यस अधि रेकर्ड कायम गरेको थियो । आइतबार स्पेस एकसले पठाएको सेटलाईहरु केही निजी रहेको थियो भने केही सरकारी रहेको थियो । त्यसमध्य १० वटा स्टारलिंक सेटलाइटसेत रहेको थियो । उक्त सेटलाइटहरुले स्पेस एक्सको अर्बिट रही परिक्रमा गर्ने जनाइएको छ ।

एउटा मिसनका लागि एक साथ १४३ सेटलाइटले पहिलो उडान भरेको हो । उडान करिब ९० मिनेटको रहेको थियो । उक्त उडानमा नासाको स्पेसक्राफ्ट समेत सामिल गरिएको थियो । यो मिसनले सन् २०२१ सम्ममा विश्वलाई एउटै ग्लोबल ब्रोडबैण्ड इन्टरनेटले कनेक्ट गर्ने योजना स्पेस एक्सको रहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्