Logo

पाकिस्तानद्वारा अमेरिकाको नयाँ नेतृत्वसंग सहकार्यको प्रस्ताव



एजेन्सी, १२ माघ । पाकिस्तानले अमेरिकाको नयाँ नेतृत्वसंग सहकार्य गर्न तयार रहेको जनाएको छ । पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरेशीले यो कुरा जनाएका हुन् । उनले बाइडेन सरकारसंग सहकार्य गर्ने विषयको जानकारी आइतबार गराएका हुन् ।

पाकिस्तान र अमेरिका बीचको नयाँ सम्बन्ध वास्तवीक आधारमा हुनुपर्ने र विगत चार वर्ष धेरै परिवर्तन आएको समेत मन्त्री कुरेशीले जनाएका छन् । ट्रमप कार्यकालमा अमेरिका पाकिस्तान सम्बन्ध निकै पेचिलो र धातक भएको थियो। कुरेशीको भनाइलाई टाइम्स अफइन्डियाले उदृत गर्दै लेखेको छ,‘ विगत चार वर्षमा हरेको कुरा परिवर्तन भएको छ । क्षेत्रमा परिर्वतन भएको छ । पाकिस्तानमा परिवर्तन भएको छ । र, तपाइहरुलाई पाकिस्तान संग सहकार्य गर्न जरुरी छ ।’

पाकिस्तान सरकार अमेरिकी बाइडेन सरकारसंग नयाँ दृष्टिकोण र नयाँ निती सित अगाडी बढ्न तयार रहेको उनले जनाएका थिए । पाकिस्तानी नितीलाई अमेरिकाले सकारात्मक ढंलले लिनुपर्नेमा समेत उनको जोड रहेको टाइम्स अफ इन्डियाले लेखेको छ । पाकिस्तान विसिङ्गटनसित राम्रो र स्वच्छ सम्बन्ध कायम गर्न चाहेको समेत उनले स्पष्ट पारेका छन् । द्धिपक्षीय सम्बन्धलाई विस्तार गर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समेत जाहेर गरेको विषय टाइम्स अफ इन्डियाले लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्