Logo

ताइवानको टापुमा चीनको १३ लडाकु विमान



एजेन्सी, १२ माघ । ताइवानको टापूमा चीनका १३ लडाकु विमान अभ्यासको क्रममा देखा परेका छन् । अमेरिकामा नयाँ राष्ट्रपति आउन साथ ताइवानको दक्षिण क्षेत्रबाट अमेरिकी विमानले अभ्यास गरेको देखिएपछि चीनले आफ्नो लडाकू विमानलाई अभ्यास गराएको हो ।

अमेरिकी युएसएस रुजाभेल्ट साउथ चाइना सीमा प्रवेश गर्ना साथ चीनले आफ्नो एच–६के बम्बर सहित १३ लडाकू विमानलाई उक्त क्षेत्रमा तैनाथ गरेको ग्लोबल टाइम्सले लेखेको छ । केही विज्ञले अमेरिकी जहाजलाई चीनले निगरानी गर्न आफ्नो विमान तैनाथ गरेको भनिराखेका छन् भने कतिपय चिनियाँ विज्ञहरुले अमेरिकी जहाजको निगरानी भन्दापनि चीनले आफ्नो क्षेत्रमा अभ्यास गरेको जनाएका छन् ।

सेटलाइट तस्बिरलाई उदृत गर्दै बेइजिङका थिंक ट्याङकले भनेका छन,‘अमेरिकी क्यारियर ताइवानको दक्षिणी क्षेत्रबाट प्रवेश गरेको हो । अमेरिकी नयाँ नतृत्वले आफ्नो कार्यकाल सम्हाले देखि उक्त विमान पहिलो पटक साउथ चाइना प्रवेश गरेको छ ।’ उक्त क्षेत्रमा अमेरिकी गतिविधिमा न्युनीकरण नआएको र उक्त विषय कुनै नयाँ नरहेको चिनियाँ विज्ञहरुले आँकलन गरेका छन् ।

चिनियाँ लडाकू विमान ताइवानले दाबी गरेको क्षेत्रमा आएको ताइवानी रक्षा अधिकारीहरुले शनिबार जनाएका थिए । चीनले ताइवानमाथि दबाब बनाइरहेको कारण उक्त क्षेत्रमा शान्ति र अस्थितरता विस्तार भइरहेको विषयलाई अमेरिकी डिमार्टमेन्टले स्टेटमेन्ट जारी गर्दै भनेको ग्लोबल टाइम्सले लेखेको छ ।

ताइवान प्रतिको प्रश्नमा उक्त स्टेटमेन्टले बाइडेन नितीलाई समेत स्पष्ट पारेको चिनियाँ प्रध्यापक ली हायडङले ग्लोबल टाइम्सलाई बताएका छन् । र, यसले चीन अमेरिका बीचको सम्बन्धमा राजनितीक जगले मात्र निर्धारण गर्ने छ । चीन र अमेरिकाबीचको सम्बन्ध झर्दै गएको र यसमा ताइवानको मुद्दाले समेत प्रश्न खडा गरेको विज्ञहरुले बताएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्