गुर्जोको चिया खुवाउँदै करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम पनौतीमा सम्पन्न


काठमाडौं, १२ माघ । आन्तरिक राजस्व कार्यालय धुलिखेलले पनौती नगरपालिको हलमा पनौतिका व्यवसायीहरूसंग करको विषयमा रहेका समस्या तथा द्धिविधाहरु समाधान गर्ने उद्वेश्यले बृहत् अन्तरक्रिया गरिएको छ । उक्त कार्यक्रममा स्थानीय व्यवसायीहरूले आफ्ना समस्या तथा जिज्ञाशाहरूका बारेमा छलफल गरि समाधान गर्ने प्रयास पनि गरिएको जनाईएको छ । उपस्थित सबैलाई प्रमुख कर अधिकृत कमल बहादुर राजलवटले गु्र्जोको चिया खुवाउदै गुर्जो चियाको प्याकेट समेत बितरणको सेवा गरिएको थियो ।

कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख, बरिष्ठ शासकिय अधिकृत, उधोग बाणिज्य संघ पनौतीका अध्यक्ष भोला थापा तथा आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत चन्दा खकुरेल, प्रभा ढुङ्गाना, सुवास खत्री समेतको सक्रिय सहभागिता रहेको थियो । करका विषयमा रहेका द्धिविधाहरूलाई चिर्दै करदातालाई छिटो छरितो तरिकाले सेवा प्रवाह गर्ने प्रणालीलाई अझै सुदृढ समेत गर्दै लैजाने र आवश्यक परे कर सम्वन्धी तालिमहरू समेत प्रदान गर्ने थप भनाईका साथ कार्यक्रम समापन गरिएको राजलवटले जनाए ।