Logo

वाग्मती प्रदेश लोकसेवाले माग्यो एक सय ७४ कर्मचारी



काठमाडौं, माघ १३ । चौथो र पाँचौं तहका कर्मचारी माग गरेर परीक्षासमेत सफलतापूर्वक सम्पन्न गरिसकेको बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलोपटक अधिकृतस्तरका कर्मचारी माग गरेको छ ।

आयोगले छैटौं तहका अधिकृतस्तरका कर्मचारी माग गरेको हो ।लोकसेवा आयोगले प्रशासनतर्फ ५९ जना र बाँकी प्राविधिकतर्फका कर्मचारी माग गरेको छ । माग गरिएका कर्मचारीमा लेखातर्फ ६ जना, शिक्षामा ६ जना, तथ्यांकमा १ जना, सिभिल इञ्जिनियरतर्फ १४ जना, बिल्डिङतर्फ इञ्जिनियर २ जना, वातावरण इञ्जिनियर १ जना, कृषिप्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बाली संरक्षणमा २ जना, पोल्ट्री डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटेरिनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी छन् ।



प्रतिक्रिया दिनुहोस्