Logo

भारततर्फ लैजादै गर्दा बालिकाको उद्धार



जनकपुर, १३ माघ । ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् । रासस



प्रतिक्रिया दिनुहोस्