Logo

दिनको दिन प्रेम प्रस्ताव आउँछः नायिका सुस्मिता श्रेष्ठ



काठमाडौं, १३ माघ । मिस कोशी हुँदै चलचित्र क्षेत्रमा डेब्यु गरेकी सुस्मिता श्रेष्ठले चारवटा चलचित्रमा अभिनय गरिसेकेकी छिन् । उनले २५ वटा म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनको चलचित्र झन्डीबुर्जाको सुटिङ सकिएको छ । श्रेष्ठसँग रिपोर्टर्स नेपालका लागि लक्ष्मीप्रसाद न्यौपानेले गरेको कुराकानीः

के गर्दै हुनुहुन्छ ?
अहिले त मुभिको सुटिङका क्रममा छु ।
कुन मुभि ?
झन्डिक पुस्ता
कति भयो ?
सुटिङ भएको एक महिना भइसक्यो गीत बाँकी छ ।
अहिले सम्म कतविटा मुभी सुटिङ भयो ?
चार वटा
मिस कोशीबाट चलचित्र क्षेत्रबाट आउँदा कति संघर्ष गरिदैछ ?
सन् २०१७ मा मिस कोशी भएपछि मोडलिङमा लागेँ । त्यसपछि कलाकारितामा संघर्षरत छु ।
यो क्षेत्र कस्तो लागि रहेको छ ?
संघर्ष गर्नुपर्ने नै छ ।
प्रेम सम्बन्ध छ कि छैन ?
प्रेम सम्बन्ध छ भन्ने कि छैन भन्ने ? प्रेम सम्बन्ध त छ नि ।
केटा साथी छ कि छैन ?
छैन ।
पक्का
केटा साथीहरु त हुने नै भए । तर प्रेम सम्बन्ध नै चाहिं छैन ।


अब केटा साथी बनाउने कि न बनाउने ?
हा , हा , हा …….. अब खोज्नु पर्ला । अहिले नै नबनाउने आवश्यकता नै छैन अहिले त ।
बिवाह गर्ने कि नगर्ने ?
गरौंला नि भगवान ले जुराएका हुन्छन् रे ।
हिरोइनहरु किन ढिलो विवाह गर्छन् ?
पहिला करियर हेर्नु पयार्,े लाइफ हेर्नु पर्यो । दर्शकलाई राम्रो खालका मुभिहरु हेर्ने अवसर दिनुपर्छ ।
भविष्य सम्म यही क्षेत्रमा लाग्ने कि अरु क्षेत्रमा जाने ?
दुईचार बर्ष हेर्रौं, त्यसपछि के हुन्छ ।
चर्चामा आइरहनुभएको छ, प्रेम प्रस्ताव कतिको आउँछ ?
प्रेम प्रस्ताव त आइ हाल्छ नि ।
दैनिक आउँछ कि कहिलेकाहीं ?
दिनको दिन आउँछ ।
के उत्तर दिनुहुन्छ ?
थयान्क्यु सो मच भन्ने । वेइटिङमा राख्ने भन्छु ।
पैसावाल ब्वाईफ्रेण्ड खोजिरहनुभएर कुर्नुभएको हो कि ?
मैलेत खोजेकी छैन ।
फिल्ममा कत्तिको पारिश्रमिक दिन्छन ?
दिनुहुन्छ । काम अनुसारको पारिश्रमिक लिन्छु ।
फिल्म खेलेकै भरमा पुग्छ ?
अहिले सम्म त पुगिराखेको छ ।
म्युजिक भिडियोहरुमा पारिश्रमिक राम्रो पाइन्छ रे नि ?
म्युजिक भिडियाबाट त राम्रो कमाई हुन्छ ।
आफ्नो खुबीले बढ्ने कि कसैको ब्याकअप चाहिन्छ ?
सबैभन्दा महत्वपूर्ण त खुबी हो । सबैको साथ र माया पनि त चाहियो ।
परिवार र समाजले कस्तो रुपमा लिइरहेको पाउनुहुन्छ
?
मेरो परिवारको साथ छ । अरुले के भन्छन् भनेर पछि लाग्यो भने त केही गर्न सकिदैन ।
सफल भइन्छ जस्तो लाग्छ ?
अहिले सम्म भइराखेको छ । मनमा दृढ संकल्प छ । म हरेश खान्नँ । धैर्यता छ ।
गल्यामरस क्षेत्रमा लाग्नेहरु तनावमा पर्ने र आत्म हत्याको बाटो रोज्ने सम्म भइराखेका छन् नि ?
मेरो विचारमा आफूले सोचेको पुरान नभएर त्यस्तो भएको हुनसक्छ । तनावमुक्त हुनुपर्छ ।
गल्यामर क्षेत्रमा लाग्नेहरुलाई तनाव हुन्छ कि हुँदैन ?
तनाब त हुन्छ नि ।
तनावमुक्त हुन के गर्नुहुन्छ ?
म व्यस्त रहन चाहन्छु । काममा दत्तचित्त भइरहन्छु । काम र कर्तव्यप्रति लगाव राखछु ।
ध्यान योग गर्नुहुन्न ?
गर्छु । यसले मनलाई आनन्द दिन्छ ।
त्यसो भए कहिले पनि तनबमा जानु हन्न ?
अहिले सम्म भएको छैन । ढुक्क छु आत्मबल छ ।

 



प्रतिक्रिया दिनुहोस्