Logo

सरकार निर्लज्ज रुपमा प्रस्तुत भयो, तानाशाह अन्तिम समयमा यसैगरि बर्बराउने गर्दछन् : पौडेल



काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । आज विहान सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्–‘प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ ।’

उनले लेखेका छन्–हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ । सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर, दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ । लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु ।’



प्रतिक्रिया दिनुहोस्