Logo

दोस्रो त्रैमासमा अपि पावरको नाफा १४ करोड ३२ लाख



काठमाडौं, १३ माघ । अपि पावर कम्पनी लिमिटेडले दोस्रो त्रैमाससम्म १४ करोड भन्दा धेरै नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

आज सार्वजनिक गरेको कम्पनीको विवरण अनुसार यस वर्ष विद्युत बिक्रि आम्दानी ७९ प्रतिशतले बृद्धि भएको छ । यो वर्ष २४ करोड १९ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत वर्ष १३ करोड ५० लाख ३५ हजार रुपैयाँ कमाएको थियो । विद्युत बिक्रि बाहेक अन्य श्रोतबाट यो कम्पनीले चालु आवमा ६ करोड १७ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्