बाँस्कोटाको टिप्पणी : भैंसीपूजाको समर्थन गर्नेहरुले पशुपतिमा प्रधानमन्त्रीले पूजा गर्दा विरोध गर्नु के अनौठो भयो र ?


काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गर्दा विरोध गर्नु अनौठो कुरा नभएको टिप्पणी गरेका छन् । भैंसी पूजाको समर्थन गर्नेहरुले पशुपतिमा प्रधानमन्त्रीले पूजा गर्दा विरोध गर्नु के अनौठो भयो र ? भन्ने उनको प्रश्न छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन्–”भैसीपुजाकाे समर्थन गर्नेहरुले पशुपतिमा प्रमले पुजा गर्दा विराेध गर्नु के अनाैठाे भाेर? धार्मिक स्वतन्नत्रता छभन्नेहरुले कस्लाई साेधेर पुजा गर्न जानु पर्ने हाे।यस्ताे कुरा पनि नागरिक अधिकारमाथिकाे अतिक्रमण हैन र?” file photo