Logo

अरुणभ्याली हाइड्रोको नाफा २ गुणाले बृद्धि



काठमाडौं, १३ माघ । गत वर्षको यस अवधिको तु्लनामा अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले दोस्रो त्रैमाससम्म २ गुणा भन्दा धेरै नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिमा ३ करोड ३६ लाख ८२ हजार रुपैयाँ नाफा गरेको कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ८० लाख ५३ हजार नाफा गरेको हो ।

यस वर्ष विद्युत बिक्रिबाट कम आम्दानी भएपनि संचालन नाफा बढ्दा कम्पनीको नाफा बढेको हाइड्रोले जनाएको छ । गत वर्षमा विद्युत बिक्रिबाट कम्पनीले ४ करोड ७ लाख भन्दा धेरै आम्दानी गरेता पनि यो वर्ष ३ करोड ४ लाख ३३ हजार मात्र आम्दानी गरेको विवरणमा उल्लेख छ ।

अन्य शिर्षकबाट यो वर्ष ६ करोड ५३ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले गएको वर्ष १ करोड ९३ लाख ८७ हजार मात्र नाफा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्