Logo

सूर्योदय र सूर्यास्तमा आकाशको रंग किन सुन्दर देखिन्छ



बिहान सूर्य उदाउने र साँझ सूर्य अस्ताउने बेला आकाश रातो, पहेँलो र सुन्तला रंगको सुन्दर देखिन्छ । यसको वैज्ञानिक कारण छ । सूर्य क्षितिजमा भएको बेला सूर्यको प्रकाश हावाको माध्यमबाट दिनको समयमा भन्दा सूर्योदय र सूर्यास्तको समयमा धेरै आइपुग्छ । त्यस समयमा हाम्रो आँखाले वातावरणमा भएका अणुहरु छरिएका कारण बैजनी र निलो रंग देख्दैन ।

यदि पथ लामो र पर्याप्त छ भने सबै निलो र बैजनी प्रकाश हाम्रो दृश्यको रेखाबाट बाहिर तितरबितर हुन्छ र अन्य रंगहरु हाम्रो आँखाले देख्न सक्षम हुन्छ । जसकारण सूर्योदय र सूर्यास्तको समयमा आकाश सुन्दर देखिन्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्