Logo

‘माउन्ट के टु’ सफल आरोहण गर्ने टोलीलाई प्रधानमन्त्रीको बधाई (फोटोफिचर)



काठमाडौं, १३ माघ । विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किएका नेपाली टोलीलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोहीले नेपालीको नाम उचो राखेको भन्दै बधाई दिका हुन् । उनले भने,“नेपाल बहादुर लडाकुको मात्र देश नभएर साहसीहरुको देश हो भनेर पुष्टि भएको छ, विश्वमा जति पनि साहसिक काम छ अब त्यो नेपालीहरुलाई छाडिदिए हुन्छ ।”

नेपाली १० जनाको टोलीले हालै विश्वको दोस्रो अग्लो ‘ माउन्ट केटू’को सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमानी राखेका थिए । उनीहरुले हिउँदको समयमा सो हिमालको सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेका छन् । नेपाली १० आरोहीको अहिले चौतर्फी प्रसंशा भइरहेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्