Logo

नेकपा विभाजन गरेर भावी पुस्ताको भविष्यमाथि खेलवाड



शैलेन्द्र राउतः नेपाल कम्युनिस्ट पार्टी विभाजित भइसकेको दाबी केही नेताहरुले गर्दै आएका छन् । तर, कानुनत नेकपा विभाजित भएको छैन । विभाजन गरेर पार्टीको पहिलो पुस्ताले सबैभन्दा बढी तेस्रो र चौथो पुस्ताको भविष्य माथि खेलवाड गर्न खोज्दैछन् । बिडम्बना पहिलो पुस्ताको विभाजनको कदममा दोस्रो पुस्ताले पनि साथ दिएको छ ।

नकेपामा हाल उमेर तथा अबसर प्राप्त गरेको हिसाबले चार पुस्ताका नेता तथा कार्यकर्ता छन।

१ , पहिलो पुस्ता: भुमिगत कालमै पार्टीमा लाग्नु भएको हाल उमेरले पनि ६०र६५ काट्नु भएका नेताहरु जस्ले पटक पटक सरकार चलाउनु भएको छ र जो सरकारमा सहभागि हुनु भएको छ । जो राजनैतिक नियुक्ति पाउनु भयो ।

२ , दोस्रो पुस्ता: लगभग लगभग २०३६ को बिधार्थी आन्दोलनबाट लागेको २०४६ को जनआन्दोलन देखि सक्रिय राजनीतिमा होमिएको । यो पुस्ताले पनि पार्टी जोगाउन महत्वपूर्ण भूमिका खेलेको देखिएन । यो पुस्ताले पनि पार्टी तथा सरकारको राम्रो सदुपयोग गर्यो उमेरले ५० काटेका।

३, तेस्रो पुस्ता:  २०४६ को आन्दोलन पछि लागेका उमेरमा ४० कटेका सधैं आन्दोलनमा लागेका । यो समुहमा लगभग आधा जतिले पार्टी र सरकार शक्तिमा हुँदा लाभ लिएको देखिन्छ ।

४, चौथो पुस्ता: ६२ र ६३ को जनआन्दोलन पछि लागेको हालसम्म पनि युवा तथा बिद्यार्थी मोर्चासँग नै आबद्ध भएका छन्। अबसर पाएको छैन । यो पुस्ताको भविष्य विभाजनले सबैभन्दा जोखिममा परेको छ । पार्टीका लागि सबैभन्दा खटिने पुस्तानै सस्यामा छ । लेखक नेकपाका नेता हुन् ।



प्रतिक्रिया दिनुहोस्