Logo

इटलीका प्रधानमन्त्री कोन्टेले दिए पदबाट राजीनामा



काठमाडौं, माघ १४ । इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएपछि राष्ट्रपतिले उनको राजीनामा स्विकृत गरेका छन् ।

गण्तन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको जनाईएको छ ।जुसेप कोन्टे सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए।



प्रतिक्रिया दिनुहोस्